जोर-विजोर लागू शुक्रबार रातिदेखि सवारीसाधनमा
जोर-विजोर लागू शुक्रबार रातिदेखि सवारीसाधनमा
    • बेल संचार

    • ६ माघ २०७८, बिहीबार

काठमाडौं: काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको बताए। उनले उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा-छुट्टै आदेश जारी गर्देसमेत बताए।

‘कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय गरेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश हेर्नुस्:

 

 

साताकाे चर्चित
सम्बन्धित