जिल्ला प्रशासन कार्यालय चितवनको अत्यावश्यक बाहेकका सबै सेवा बन्द
जिल्ला प्रशासन कार्यालय चितवनको अत्यावश्यक बाहेकका सबै सेवा बन्द
    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

चितवन । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने भएको छ । कोराना संक्रमण बढ्दै जान थालेपछि प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा यही माघ ७ गतेदेखि १४ गतेसम्मका बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा  कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोरोना संक्रमित भइ उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा संक्रमण देखिएकाले उनीहरु आइसोलेशनमा रहेको जानकारी दिनुभयो ।

नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित