गृहमन्त्रीलाई शिक्षामन्त्रीको फोन- राज्य निरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस्
गृहमन्त्रीलाई शिक्षामन्त्रीको फोन- राज्य निरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस्
    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालाई सिफारिस गरेको बताएका छन् ।                                                                                                      संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको बताएका हुन् ।

‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गएपनि केही फरक पर्दैन ।’
सयुक्त विद्यार्थी संगठनसँगको छलफल चलिरहेकै बेला गृहमन्त्रीलाई फोन गरेर मन्त्री पौडेलले भने, ‘म विद्यार्थीको पक्षमा छु राज्य निरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस् ।’

विद्यार्थीहरु अतिरिक्त शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा छन् । बुधबार साँझ दुई मन्त्रीबीच चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरूमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको थियो।

३० पुसमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको हो ।

शिक्षा मन्त्रालय विद्यार्थीको पक्षमा रहेको जिकिर गर्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृहमन्त्रालयले आवश्यक सहजीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित