अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा   
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा   

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।         

    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

चितवन, 
पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उहाँले जानकारी दिनुभयो । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उहाँले बताउनुभयो । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।

साताकाे चर्चित
सम्बन्धित