कोभिड संक्रमण महामारिको चरम उत्कर्षमा पुग्ने क्रम बढेर राजधानी टोकियोमा पहिलो पटक एकैदिन १०,००० संक्रमित पार भएको छ । टोकियो महानगरका अनुसार जनवरी २२ तारिख दिउँसो ५ बजेसम्ममा एकैदिन ११ हजार भन्दा बढि व्यक्तिमा कोभिड १९ सकारात्मक परीक्षण गरिएको छ ।
तथ्यांक अनुसार टोकियोमा शनिवार ११,२२७ जना कोरोनाका बिरामी थपिएका छन् । जुन संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।यसैगरि टोकियोमा कोभिड संक्रमित भएर गम्भिर अवस्थामा पुग्ने संख्या पनि बढेको छ । लगातार गम्भिर बिरामी हुनेको संख्या बढ्ने क्रममा शनिवार १२ पुगेको महानगरले जनाएको छ ।
जापानमा कोभिड महामारि सुरु भएयताकै सर्वाधिक संक्रमित पुष्टि हुने क्रममा शनिवार पहिलो पटक एकैदिन ५०,००० नाघेको छ । जनवरी २२ तारिख साँझ ६ बजे सम्ममा देशभरमा ५०,००० संक्रमित पार भएको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ । एकैदिन कोभिड संक्रमित पुष्टिको यो संख्या हालसम्मकै सर्वाधिक धेरै हो ।