तपाईको मास्क खोई ? ’ अभियान पुनः सञ्चालन
तपाईको मास्क खोई ? ’ अभियान पुनः सञ्चालन
    • बेल संचार

    • ९ माघ २०७८, आईतवार

सुर्खेत । कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईँको मास्क खोई ?’ अभियान पुनः सञ्चालन गरिएको छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसिएमसीको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सञ्चालन भएको अभियानले बसपार्क क्षेत्र, मङ्गलगढी चोक, मुख्य बजार क्षेत्रमा मास्क वितरण गर्यो। मास्क नलगाई घर बाहिर निस्केका नागरिकलाई मास्क वितरण गर्नुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिएको थियो।

कोरोना भाइरसको दोस्रो लहरमा पनि मास्क वितरण अभियान सञ्चालन भएको तर विस्तारै कोरोनाको जोखिम कम हुँदै गएपछि सेलाएको यो अभियान जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पुनः सञ्चालन गरिएको हो।

साताकाे चर्चित
सम्बन्धित