मधेशको राजपत्रमा पुरानै नक्सा, मन्त्री भन्छन्- गल्ती भयो, सच्याउँछौं
मधेशको राजपत्रमा पुरानै नक्सा, मन्त्री भन्छन्- गल्ती भयो, सच्याउँछौं

माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।

    • बेल संचार

    • ९ माघ २०७८, आईतवार

मधेश प्रदेशले प्रदेशको स्थायी नाम र राजधानी तोकेको सूचना जारी गरेको राजपत्रमा नेपालको पुरानै नक्सा प्रयोग भएको पाइएपछि सच्याउने भएको छ।

माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।

उक्त जानकारी राजपत्रमा माघ ३ मै प्रकाशित थियो।

राजपत्रमा पुरानै नक्सा परेपछि मधेश प्रदेश सरकारको आलोचना भइरहेको छ।

प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भुलवश पुरानो नक्सा पर्न गएकोले सच्याउने बताए।

‘आइटीका साथीहरूले पुरानै नक्सा राख्नुभएछ, यो भुलवश हो,’ उनले सेतोपाटीसँग भने, ‘गल्ती भयो, सच्याउँछौं।’

राजपत्रमा निकालेको सूचना फेरि सच्याएर निकाल्ने कि के गर्ने भन्ने कानुनी प्रश्नसमेत ध्यान राख्दै सूचना सच्याइने उनले बताएका छन्।

नेपालको पुरानो नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी थिएन। यी भू-भाग समेटेर नयाँ नक्सा निकालिएको थियो।

 

साताकाे चर्चित
सम्बन्धित