नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन
    • बेल संचार

    • ९ माघ २०७८, आईतवार

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखाएको उहाँको भनाइ छ ।

३२ वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित