‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन् : कमल थापा
‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन् : कमल थापा
    • बेल संचार

    • १० माघ २०७८, सोमबार

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष कमल थापाले भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने, व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु भएको बताएका छन् ।

थापाले तिनलाई चिन्न नसक्नु, तिनै पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी भएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने,व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन्।तिनलाई चिन्न नसक्नु,तिनै पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी हो।”

 

साताकाे चर्चित
सम्बन्धित