९० दिन कार्यालय नजाने कर्मचारी सरकारी जागिरबाट बर्खास्त
९० दिन कार्यालय नजाने कर्मचारी सरकारी जागिरबाट बर्खास्त

पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

    • बेल संचार

    • १२ माघ २०७८, बुधबार

बिदा स्वीकृत नगराई ९० दिनसम्म कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ ।

पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित