६ महिनामा १५४ उद्याेग दर्ता, १ खर्ब ८६ अर्ब लगानी प्रस्ताव
६ महिनामा १५४ उद्याेग दर्ता, १ खर्ब ८६ अर्ब लगानी प्रस्ताव
    • बेल संचार

    • १४ माघ २०७८, शुक्रबार

चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म १ सय ५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । यस अवधिमा ४५ वटा ठूला उद्योग, ५७ वटा मझौला तथा ५२ वटा साना उद्योगहरु दर्ता भएका हुन् ।

गत वर्षको यसै अवधिको तुलनामा कुल ५१ वटा बढी उद्योग दर्ता भएका छन् । गत वर्ष यो अवधिमा १ सय ३ वटा उद्योग दर्ता भएको थियो ।

विभागका अनुसार २८ ठूला र ३६ वटा मझौला उद्योग बढी दर्ता भएका छन् भने गतवर्षको तुलनामा चालु वर्षमा साना उद्योगको दर्ता संख्या १३ वटा कम रहेको छ । ६ महिनाको अवधिमा भएका १ सय ५४ नयाँ उद्योगले कम्तीमा १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने बताइएको छ ।

विभागका अनुसार यस अवधिमा १ सय २९ विदेशी उद्योगको कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ । जसमा ठूला २, मझौला ३७ र साना ९० वटा उद्योगहरु रहेका छन ।

विदेशी लगानी स्वीकृत भएका उद्योगहरुबाट ८ हजार १ सय १६ जनाले रोजगारी पाउनेछन् ।

साताकाे चर्चित
सम्बन्धित