युक्रेनमा रुसले हमला गर्ने भन्दै अमेरीका सहित नेटो गठबन्धनका अधिकाश देशहरुले हतियार , लडाकु विमान र युद्धपोत जस्ता भारी सामाग्री पठाउदै सेना समेत तयारी अवस्थामा राखेका छन् ।
यसैबीचमा युक्रेनका राष्ट्रपति भोलोदमेयर जेलेन्सकीले नाम नलिईकन अमेरीकी राष्ट्रपति जो बाईडेनप्रति लक्षित गर्दै युद्धको डर पैदा गरेर आफ्नो देशको अर्थव्यवस्थामा नोक्सान पुर्याएको टिप्पणी गरे ।
उनले बिहिबार मात्रै अमेरीकी राष्ट्रपतिसँग टेलिफोन संवाद गरेका थिए ।
उनले आफ्नो देशको सुरक्षा हितमा गरिएको सहयोगप्रति धन्यवाद भन्दै आफू युक्रेनको राष्ट्रपति भएकाले अन्य देशका राष्ट्रपतिलाई भन्दा आफूलाई धेरै जानकारी भएको बताए ।
उनले अमेरीकी अधिकारीहरुले युक्रेन छाडेकामा पनि विरोध जनाए ।
यसैबीच रुसका विदेशमन्त्री सरगेई लेभरोवले रुसले युक्रेनमाथि युद्ध शुरु नगर्ने स्पष्ट पारेका छन् । तर देशको राष्ट्रिय सुरक्षा गर्नु आफूहरुको कर्तव्य र अधिकार हुने बताएका छन् ।
आजै मात्रै पनि रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेन संकट र रुसको सुरक्षा चासोका बारेमा फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनसँग टेलिफोन संवाद गरेका थिए ।