समाजवादी पे्रस सङ्गठन सुर्खेतको अध्यक्षमा राना   
समाजवादी पे्रस सङ्गठन सुर्खेतको अध्यक्षमा राना   

वीरेन्द्रनगरमा आज सम्पन्न भेलाले रानाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।    

    • बेल संचार

    • १५ माघ २०७८, शनिबार

कर्णाली, 
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन सुर्खेतको अध्यक्षमा देवबहादुर राना चयन हुुनुभएको छ । वीरेन्द्रनगरमा आज सम्पन्न भेलाले रानाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा युवराज पंगाली र चन्द्रा कँडेल, सचिवमा रजनी योगी, सहसचिवमा शङ्करकिशोर अभय र कल्पना ढेङ्गामगर, कोषाध्यक्षमा ओमबहादुर शाहीलाई चयन गरेको छ । त्यस्तै सदस्यमा गोपालप्रसाद शर्मा, वसन्त विक, आरती चौधरी र कालीबहादुर बोहोरा चयन हुनुभएको छ । बाँकी चार सदस्य छिट्टै भने मनोनित गरिने अध्यक्ष रानाले बताउनुभयो ।

भेलामा सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इञ्चार्ज दुर्गा थापा, प्रदेश संयोजक यज्ञराज थापा, केन्द्रीय सदस्यहरू सूर्यप्रकाश कँडेल, दीपक बुढा, अमर सुनारलगायतको उपस्थिति थियो ।

साताकाे चर्चित
सम्बन्धित