क्यानडाका प्रधानमन्त्री परिवारसहित घर छाडेर भागे
क्यानडाका प्रधानमन्त्री परिवारसहित घर छाडेर भागे

खासमा ट्रुडो सरकारले अमेरिकाको सीमा पार गर्नको लागि ट्रक ड्राइभरले खोप लगाउनु अनिवार्य बनाएको छ

    • बेल संचार

    • १६ माघ २०७८, आईतवार

काठमाडौं

क्यानडामा कोरोना खोप अनिवार्य बनाउने नियमविरुद्ध जोरदार प्रदर्शन जारी छ । प्रदर्शनका बीच प्रधानमन्त्री जस्टिन ट्रुडो घर छाडेर भागेका छन् । रिपोर्टका अनुसार प्रधानमन्त्री ट्रुडो परिवारसहित कुनै गोप्य स्थानमा गएर बसेका छन् । खासमा ट्रुडो सरकारले अमेरिकाको सीमा पार गर्नको लागि ट्रक ड्राइभरले खोप लगाउनु अनिवार्य बनाएको छ । यही कारण ड्राइभरहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।

प्रदर्शनकारीहरुले कोभिड प्रतिबन्धको तुलना फाँसीवादसँग गरेका छन् । शनिबार राजधानीमा प्रदर्शन गर्दै जनताले प्रधानमन्त्री ट्रुडोको तीब्र आलोचना गरे । एक प्रदर्शनकारीले भने ‘मलाई लाग्छ खोप अनिवार्य गर्नु स्वास्थ्यसँग सम्बन्धित छैन यो त सरकारले सबै कुराहरुमा नियन्त्रण गर्ने एक चलाखी हो ।’ क्यानडामा विरोध प्रदर्शन यति उग्र र चरम अवस्थामा पुगिसकेको छ कि शनिबार राजधानी ओटावास्थित प्रधानमन्त्री निवासलाई ५० हजार ट्रक चालकले घेरा हालेका थिए ।

बढ्दो प्रदर्शनका बीच देशमा हिंसा हुन सक्ने आशंकामा पुलिस आइ अलर्टमा छ । पुलिसको तर्फबाट जारी गरिएको आधिकारिक बयानमा भनिएअनुसार शनिबार करिब १० हजार मानिसहरु संसद भवन नजिक पुगेका थिए । अहिले संसद भवन परिसरमा कति प्रदर्शनकारी छन् भन्ने कुराको ठिक तथ्यांक पुलिससँग पनि छैन ।

यसअघि क्यानडाली प्रधानमन्त्री ट्रुडोले एक विवादित बयान दिँदै ट्रक चालकहरुलाई ‘महत्वहीन अल्पसंख्यक’ भनेका थिए । प्रधानमन्त्रीको यो बयानपछि ट्रक चालकहरु अत्यन्तै आक्रोशित छन् । प्रधानमन्त्रीले भनेका थिए ट्रक वालाहरु विज्ञानका विरोधी हुन् र उनीहरु न केवल आफूलाई साथमा क्यानडाका अन्य जनताको लागि पनि खतरा बनेका छन् । रिपोर्टका अनुसार अहिलेसम्म क्यानडाका ८२ प्रतिशत जनताले खोप लगाइसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित