छापावाल सुनको मूल्य  प्रतितोला ४०० ले घट्यो
   छापावाल सुनको मूल्य  प्रतितोला ४०० ले घट्यो

अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । 

    • बेल संचार

    • १७ माघ २०७८, सोमबार
   छापावाल सुनको मूल्य  प्रतितोला ४०० ले घट्यो

काठमाडौँ
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ ।

अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २४०मा आएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित