बुधबार देशभर सार्वजनिक बिदा
बुधबार देशभर सार्वजनिक बिदा

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ। 

    • बेल संचार

    • १८ माघ २०७८, मंगलवार

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।

मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।

नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि  यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

साताकाे चर्चित
सम्बन्धित