कर्णाली, १९ माघ
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताउनुभएको छ ।
तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले विविधतापूर्ण संस्कृति हाम्रा सम्पदा र मौलिक पहिचान भएको बताउनुभयो । उहाँले साँस्कृतिक महत्व र मौलिक पहिचान बोकेको ‘सोनाम ल्होसार, २०७८’ को पावन अवसरमा कर्णालीसहित देश, विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका दाजुभाइ दिदीबहिनीहरुमा दीर्घजीवन र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
“सोनाम ल्होसार, २०७८ ले मुलुकको राष्ट्रिय एकता सुदृढ, सांस्कृतिक पहिचान कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास लिएको छु”, जारी सन्देशमा उहाँले भन्नुभएको छ, “नेपालीहरुबीच आपसी सद्भाव, माया, बन्धुत्व कायम हुन गई सामाजिक न्यायसहितको समाजवादी देश निर्माणमा लाग्न मुलुकवासी सम्पूर्णलाई यस पर्वले उत्प्रेरणा दिनेछ ।”