स्थानीय चुनावका लागि सुरक्षा कार्ययोजना पेश गर्न निर्देशन
स्थानीय चुनावका लागि सुरक्षा कार्ययोजना पेश गर्न निर्देशन

आज गृह मन्त्रालयमा निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गर्दै सुरक्षा समिति बैठक बसेको थियो।

    • बेल संचार

    • १९ माघ २०७८, बुधबार

केन्द्रीय सुरक्षा समिति बैठकले स्थानीय तहको चुनावका लागि सुरक्षा कार्ययोजना ल्याउन निर्देशन दिएको छ।

आज गृह मन्त्रालयमा निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गर्दै सुरक्षा समिति बैठक बसेको थियो।

उक्त बैठकमा स्थानीय तह निर्वाचनका लागि कार्ययोजना पेश गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको हो।

गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलक्षित सुरक्षा कार्ययोजना ल्याउन भनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार बालुवाटारमा भएको छलफलमा जेठ ४ मा स्थानीय तह निर्वाचन गर्नेबारे समझदारी बनेको थियो।

मन्त्रिपरिषदबाट स्थानीय चुनाव मिति भने घोषणा हुन बाँकी छ। चुनावको तयारी भएसँगै सुरक्षा समिति बैठक बसेको हो।

साताकाे चर्चित
सम्बन्धित