सत्ता गठबन्धनलाई टुट्न नदिने शीर्ष नेताबीच सहमति, एमसिसी सहमतिमा पास गर्ने समझदारी
सत्ता गठबन्धनलाई टुट्न नदिने शीर्ष नेताबीच सहमति, एमसिसी सहमतिमा पास गर्ने समझदारी
    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई कायमै राख्ने सहमति भएको छ ।

बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धन टुट्न नदिने सहमति भएको हो ।

बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो । बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । तीन शीर्ष नेताबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको मल्लले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित