अमेरीका सहित पश्चिमा देशको चुनौती सामना गर्न चीनसँगको सहकार्यमा जोड दिँदै पुटिन, जाँदैछन् बेईजिङ
अमेरीका सहित पश्चिमा देशको चुनौती सामना गर्न चीनसँगको सहकार्यमा जोड दिँदै पुटिन, जाँदैछन् बेईजिङ
    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

युक्रेन मामलालाई लिएर रुसमाथि अमेरीका र नेटो गठबन्धनले दबाब बढाएको छ । प्रत्यक्ष युद्ध हुनै आँटेको भन्ने हल्ला गर्दै अमेरीका, बेलायत र नेटो सदस्य राष्ट्रहरु हतियार, लडाकु विमान र युद्धपोत लिएर युक्रेनमा जम्मा भईरहेका छन् । अमेरीकाले ८५०० सेनालाई उच्च तयारी अवस्थामा राखेको छ युक्रेन पठाउन ।
सन् २०१४ मा युक्रेनको पुर्वी द्धिप क्रिमियालाई रुपमा विलय गराएपछि अब थप आक्रमण गरी युक्रेनको डोनबास सहित केही क्षेत्र रुसमा मिलाउन सक्छन् कि भन्ने प्रचार पश्चिमाहरुको छ । युक्रेन रुस र युरोप जोड्ने पुलको रुपमा रहेको छ ।

युक्रेनलाई नेटो सदस्य राष्ट्रको रुपमा उभ्याएर रुसलाई थप घेराबन्दी र दबाबमा राख्न चाहन्छ अमेरीका र युरोप । यही घेराबन्दी तोड्न रुसले आफ्नो तर्फबाट संभावित हमलाको प्रतिरोध गर्न ठूलो संख्यामा बोर्डरमा सेना र हतियार तैनाथ गरेको छ । उसले बेलारुसमा पनि सैन्य कमाण्डो र मिसाईल सिस्टम तैनाथ गरेको छ । अमेरीकालाई चुनौती दिन क्युवा र भेनेजुएलामा समेत परमाणु बम र युद्धपोत तैनाथ गर्न सक्ने आंकलन गरिएको छ ।

यता, ताईवान मामलामा चीनलाई पनि अमेरीकाकै तनाव छ । निरन्तर ताईवानलाई समर्थन गर्दै अर्बौ डलरका अत्याधुनिक हतियार विक्री गरीरहेपछि चीन पनि क्रुद्ध छ । चीनसँग विस्तारै आर्थिक क्षमतामा समेत पछि पर्ने संकेत बढ्दै गएका बेला अमेरीका उसलाई पनि साईजमा राख्न घेराबन्दीको कोशिस गरीरहेको छ ।
यस्तोमा अब विस्वमा अमेरीकी प्रभुत्व र प्रभावलाई चुनौती दिन रुस र चीन नजिकिनु स्वभाविक देखिन्छ । दुबैको आन्तरीक र विविध कारण भए पनि अमेरीकी आक्रामकता दुबैका लागि साझा चुनौतीको रुपमा देखिन्छ ।

यही पृष्टभूमिमा चीनीया राष्ट्रपतिले आगामी शुक्रबार कोभिड संकटपछि मुलुक बाहिर नगएको अवस्थामा करीब ४ सय दिन पछि विश्वका विभिन्न देशका समकक्षीहरुलाई बेईजिङमा स्वागत गर्दैछन् । तीन दर्जन बढी देशका राष्ट्र तथा सरकार प्रमुख बेईजिङमा शुक्रबार जम्मा हुँदैछन् विन्टर ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन । त्यही समयमा रुसका राष्ट्रपति भ्लादीमीर पुटिन पनि त्याहाँ हुनेछन् । अमेरीका, बेलायत सहितका पश्चिमा केही देशहरुले ओलम्पिकको कुटनीतिक बहिष्कार गर्ने घोषणा गरीसकेका छन् ।

यो ओलम्पिकको मौका भए पनि त्यस अवसरमा पुटिन र सि बीच हुने भेटलाई धेरै नै महत्वका साथ पश्चिमा राष्ट्रहरुले लिएका छन् ।
दुबै नेताहरुबीच रणनीतिक सम्बन्धलाई अझ उचाईमा पुर्याउदै सैन्य सम्बन्ध थप विस्तार गर्नेमा समेत केन्द्रीत हुने अनुमान गरिएको छ । सन् २०१८ मा रुसले आयोजना गरेको बिशाल सैन्य अभ्यासमा चीन पनि सहभागी भएको थियो । अहिले अरब सागरमा पनि चीनीया नौसेना रुसीसेनासँग अभ्यस्त छ ।

पुटिन र सिले रुस या चीन बिरुद्ध पश्चिमाहरुले पैदा गर्ने खतरासँग कसरी जुध्ने भन्ने साझा धारणाका बारेमा छलफल गर्ने देखिन्छ । यस अघि नै अमेरीकी विदेशमन्त्रीसँग चीनीया विदेश मन्त्रीले टेलिफोनमा रुसको सुरक्षाको सुनिश्चितता हुनु पर्ने र रुसको समर्थनमा चीन रहेको स्पष्ट पारिदिईसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित