प्रजिअहरूलाई टेलिफोन गर्दै जिल्लाका समस्या बुझ्दै गृहमन्त्री खाण
प्रजिअहरूलाई टेलिफोन गर्दै जिल्लाका समस्या बुझ्दै गृहमन्त्री खाण

आज गृहमन्त्री खाणले १४ जिल्लाका प्रजिअहरूसँग टेलिफोनमा कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा अवस्थालगायत विषयमा कुराकानी गरेका छन्।

    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

गृहमन्त्री बालकृष्ण खाणले पछिल्लो समय प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूसँग जिल्लाका अवस्थाबारे जानकारी लिइरहेका छन्।

आज गृहमन्त्री खाणले १४ जिल्लाका प्रजिअहरूसँग टेलिफोनमा कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा अवस्थालगायत विषयमा कुराकानी गरेका छन्।

सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा, कञ्चनपुर र नवलपरासी पूर्वका प्रजिअसँग गृहमन्त्री खाणले कुराकानी गरेको उनको सचिवालयले जनाएको छ।

जिल्लामा कोभिड–१९ संक्रमण, शान्ति सुरक्षा, जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग/अपुग के छ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन जस्ता कुरा गृहमन्त्रीले प्रजिअहरूसँग सोधेका थिए।

साताकाे चर्चित
सम्बन्धित