चुनाव रोक्ने अस्त्र समाप्त ,तनाबमा कुल आचार्य
चुनाव रोक्ने अस्त्र समाप्त ,तनाबमा कुल आचार्य
    • बेल संचार

    • २१ माघ २०७८, शुक्रबार

 

काठमाडौं । बिगत दुई वर्ष देखि गैरआवासीय नेपाली संघ (एनआर ए एन) नेतृत्व हात पार्न प्रयासरत कुल आचार्य समूह हताहस मनस्थितिमा उत्रिएको छ ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा प्रतिनिधि विवादको बखेडा झिकेर चुनावी मैदानमा उत्रिएको सो समूह पराजित मनस्थितमा पुगेको छ ।

नेपाली कांग्रेस, सरकार, लगायत राज्यका सबै संयन्त्रको प्रयोग गरेर पनि महाधिवेशन प्रतिनिधि फेर्ने योजना असफल भए पछि सो समूहले यसै हप्ता नेपाल प्रहरी मार्फत अध्यक्ष कुमार पन्त लगायतलाई पक्राउ गराउने योजना असफल भए पछि थप तनावमा रहेको छ ।

संघको निर्वाचन सार्न चलखेल, आचार्य प्रहरीको शरणमा भन्ने समाचार सार्वजनिक भए सो समूह सामाजिक संन्जाल मार्फत अभद्र तरिकाले मैदानमा उत्रिएको छ ।

चुनाव रोक्ने सम्पूर्ण अस्त्र (लाइफ लाइनहरु) समाप्त भए पछि प्रयोग गरिएको नेतृत्व बिरुद्ध साइबरक्राइमको मुद्धा सार्वजनिक गरिदिए पछि आचार्य समूह पत्रकारहरुको बिरुद्ध खनिएको हो ।

संघको १० महाधिवेशनमा आचार्य समूहको तर्फबाट महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी जानकी गुरुङले पत्रकारहरु पागल भैसकेको र उनीहरु दलाल भएको अभिव्यक्ति सामाजिक संजाल फेसबुक मार्फत दिएकी छन् ।

उनले पत्रकारहरुलाई साइबर दलालको संज्ञा दिदै भनेकी छन् यस्ता खाले साइवर दलालहरुलाई कडा कार्यवाही हुनुपर्छ ढिला भसक्यो ।

यस्तै आचार्य समूहबाट महिला सचिव पदको लागि उम्मेदवारी घोषणा गरेकी भूमा लिम्बुले समेत बेलाबेला संस्थाका पूर्वअध्यक्ष शेष घलेको बचाउ गर्दै पत्रकार माथि अपशब्द प्रयोग गर्दै आएकी छन् ।

गैरआवासीय नेपाली संघको यूरोप संयोजक तथा आचार्य समूहका प्रवक्ताको रुपमा परिचित नारायण आचार्यले समेत गत महिना सामाजिक संजाल प्रयोगकर्ताहरुलाई नाङेझार पार्ने चेतावनी दिएका थिए । उनले संघको महाधिवेशन प्रतिनिधि विवादमा सकृय अग्रहरुलाई बिचौलिया भनेका थिए ।

गैरआवासीय नेपाली संघको निर्वाचनमा आचार्य समूहले सामाचार उत्पादन गर्ने जिम्मा बिबिसीका पूर्वपत्रकार भगिरथ योगीलाई दिएको छ । योगीले जिएनएन नेटर्वक मार्फत समाचार उत्पादन गरेर संघको संस्थापन पक्षको बिरुद्ध आफ्नो संजालको प्रयोग गरे पछि उनी समेत विवादमा तानिएका छन् ।

आचार्यनिकट एक नेताले आफ्नो समूह व्यवस्थित नभएको स्वीकार गर्छन्, सामाजिक संजालको प्रयोगमा कमि कमजोरी हुनुमा चेन अफ कमाण्ड नहुदाँको परिणाम भएको उनले बताए ।

उनले भने, कयौ कुरा कुल आचार्यलाई पनि थाहा हुदैन् पत्रकारहरुले आफै लेखिदिन्छन् पछि कुलजीको नाम जोडिन्छ उनीहरुमा टिम वर्क छैन् ।

यस्तै जर्मनीमा बस्दै आएका पुष्प थापाले एनआरएनए निर्वाचनको बाधक मजदुरीमा लेख्ने पत्रकारहरु बिखण्डनकारी झोले भनेका छन् । उनी आचार्य समूहका नेता हुन् ।

आफ्नो बिरुद्ध समाचार वा सामाजिक संजाल मार्फत लेख्नेमाथि कुल आचार्य आफै समेत जाइलाग्ने गरेका पीडित बताउछन। गैरआवासीय नेपाली संघको युरोपस्थित एक राष्ट्रिय समितिका निर्वमान अध्यक्षलाई विहान सुतेकै म्यासेस गरेर बिना प्रमाण मेरो बारेमा धेरै स्ट्याटस लेख्ने ? म एक पटक कुरा गर्न चाहन्छु भनेर धम्काएका गुनासो गरेका थिए । उनले आचार्यकै दवावमा आफ्नो फेसबुक स्ट्याटस मेटाउन बाध्य भएको बताए।

आचार्य समूहद्धारा फेकअकाउन्टको परिचालन
संघका आन्तरिक विषयलाई समेत सामाचार बनाएर फितलो रुपमा प्रस्तुत हुदै आएको आचार्य समूहले गत अगष्ट महिना देखि सामाजिक संजाल फेसबुकमा फेबअकाउन्टको समेत परिचालन गरेको भेटिएको र आचार्य समूहले रमेश पन्थिको नाममा आफ्नो समूहको प्रतिरक्षामा उतारेको कुरा एक पीडितले बताएका छन।

उनले बिभिन्न व्यक्तिको फेसबुक वालमा पुगेर आचार्यको बचाउ र अर्को समूहबिरुद्ध कम्मेन्ट लेख्ने गरेका छन् । उनले हालै मात्र गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतमलाई तथानाम गालीगलौज गरेको बताए।

साताकाे चर्चित
सम्बन्धित