गण्डकी । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले) पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन ।
कास्की जिल्लाको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाएका छन । अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३.५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थालेका छन । उनले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गएका छन ।