प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे: रामचन्द्र पौडेल
प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे: रामचन्द्र पौडेल

पौडेल गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक छन्।

    • बेल संचार

    • २३ माघ २०७८, आईतवार

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी सम्झौताबारे भ्रम छरेको आरोप लगाएका छन्।

आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको उनको भनाइ थियो।

पौडेल गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक छन्।

‘मैले गठबन्धन बैठकमा नै भने- एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस्। होइन भने कार्यान्वयनमा लैजाऔं,’ गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै आज पौडेलले भने, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो। ठूला विकास आयोजना ठप्प छन् यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’

अध्यक्ष प्रचण्ड र नेपालले एमसिसीबारे भ्रम छरेको उनको आरोप थियो।

यद्यपी उनले गठबन्धनलाई भने चुनावसम्म लैजानुपर्ने बताएका थिए। कांग्रेससँग ३० प्रतिशत मात्रै मत रहेको बताएका उनले ७० प्रतिशत मत भएका पार्टी एक ठाउँमा जान सक्ने भएकोले गठबन्धन आवश्यक परेको तर्क गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित