बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता जारी
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता जारी

स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज अपरान्ह उनीहरू बालुवाटारमा भेटवार्तामा जुटेका हुन्

    • बेल संचार

    • २३ माघ २०७८, आईतवार

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज अपरान्ह उनीहरू बालुवाटारमा भेटवार्तामा जुटेका हुन्।

प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई बालुवाटार बोलाएका थिए। भेटवार्तामा प्रचण्ड पनि सहभागी छन्।

यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि भेटवार्तामा सहभागी छन्।

साताकाे चर्चित
सम्बन्धित