कर्णालीमा मन्त्रिपरिषद् विस्तार : गैरसांसदसहित ५ मन्त्री थपिने
कर्णालीमा मन्त्रिपरिषद् विस्तार : गैरसांसदसहित ५ मन्त्री थपिने

आइतबार माओवादी केन्द्र र काँग्रेसबाट दुई-दुई जना र एकीकृत समाजवादीबाट एकजना मन्त्री थपिने छन् ।

    • बेल संचार

    • २३ माघ २०७८, आईतवार

सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिने भएका छन् ।

१६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।

आइतबार माओवादी केन्द्र र काँग्रेसबाट दुई-दुई जना र एकीकृत समाजवादीबाट एकजना मन्त्री थपिने छन् ।

‘कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भइरहेको छ’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राज रोकायाले भने, ‘आजै बेलुकासम्म मन्त्रिपरिषद विस्तार हुन्छ ।’

साताकाे चर्चित
सम्बन्धित