काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ ।
फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने छ ।
वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ ।