स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो गाडी, भवन लगायतको विवरण
स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो गाडी, भवन लगायतको विवरण

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

    • बेल संचार

    • २४ माघ २०७८, सोमबार

काठमाडौं

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधन लगायत व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको हो ।

सरकारले सोमबार मात्रै स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहले माघ मसान्तभित्र आवश्यक विवरण आयोगमा पठाउन भनेको हो ।

मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक/एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

साताकाे चर्चित
सम्बन्धित