हालैका दिनहरुमा अमेरीकी नेतृत्वको पश्चिमा राष्ट्रहरु सम्मिलित सैन्य गठबन्धन नेटो र रुसबीका बीचमा संभावित युद्धको खतरा बढेको छ । युक्रेनमा रुसले हमला गर्ने भन्दै तर्साएर अमेरीका , बेलायत लगायतका देशले युक्रेनमा ठूलो संख्यामा हतियार , लडाकुविमान र युद्धपोत पठाएका छन् । साथै सेना समेत परिचालन गरेको छ ।
नेटोले युक्रेनको बहानामा रुसलाई युद्धमा होम्न खोजेको भन्दै नझुक्ने अडान राखेका राष्ट्रपति पुटिनले पनि नेटो बिरुद्धको प्रत्याक्रमणको आवस्यक तयारी गराईरहेका छन् ।
अमेरीकाले पश्चिम जर्मनी र पोल्याण्डमा समेत सेना थपेर रुसमाथि थप घेराबन्दी गरेको छ । त्यसको जवाफमा रुसले हाईपरसोनिक मिसाईल सहित पोल्याण्डको सीमानामा ३१ वटा अत्याधुनिक युद्धक विमान तैनाथ गरेको छ ।
मीग ३१ लडाकु विमानका साथमा तैनाथ गरिएको यो हाईपरसोनिक क्षेप्यास्त्र आवाज भन्दा दश गुणा तीव्र गतिमा जाने छ । यसमा परमाणु बम समेत जडान गरेर प्रहार गर्न सकिने छ ।
साथै युक्रेनको सीमा, बेलारुस, पोल्याण्डको सीमानामा रुसले सुखोई ४०० डिफेन्स सिस्टम पनि तैनाथ गरेको छ ।
रुसले काला सागर , अरब सागर र क्यास्पियन सागरमा भारी मात्रामा युद्धपोत तैनाथ गरेको छ । रुसले अमेरीकाले संभावित हमला गरेमा अमेरीकालाई प्रत्याक्रमण गर्न क्युवा र भेनेजुएलामा समेत परमाणु हतियार तैनाथीको तयारी गरीरहेको छ ।
अमेरीकाले युक्रेनलाई रुसले हमला गर्ने दाबी गर्दै आएको छ भने रुसले त्यसको खण्डन गर्दै आएको छ ।
रुसले क्रिमियामा नेटोले हमला गर्न सक्ने मनशाय राखेको आशंकामा क्रिमियामा समेत अत्याधुनिक लडाकु विमान र लडाकु हेलिकप्टरहरु तैनाथ गरेको छ ।