इजरायलले सिरियामा हवाइ आक्रमण गर्‍यो
इजरायलले सिरियामा हवाइ आक्रमण गर्‍यो
    • बेल संचार

    • २७ माघ २०७८, बिहीबार

काठमाडौं। इजरायलले बुधबार बिहान सिरियामा हवाइ आक्रमण गरेको छ । इजरायली सेनाले यसको पुष्टि गरेको छ । सेनाका अनुसार मंगलबार अबेर राती इजरायलको उत्तरी क्षेत्रमा सिरियातिरबाट गरिएको एन्टि एयरक्राफ्ट मिसाइल आक्रमणको जवाफमा यो हवाइ आक्रमण गरिएको हो । सिरियाले भने मिसाइल आक्रमण गरिएको कुरा अस्वीकार गरेको छ ।

सिरियाको सरकारी टेलिभिजन च्यानलमा बुधबार इजरायलले राजधानी दमास्कसमा हवाइ आक्रमण गरेको समाचार प्रसारण भएको थियो । सिरियाली मिडियाको रिपोर्टअनुसार आक्रमणमा एक जना सैनिकको मृत्यु भएको छ र ५ जना घाइते भएका छन् । यो रिपोर्टका विषयमा सोधिँदा इजरायली सेनाका प्रवक्ताले आक्रमणको पुष्टि गरेका हुन् ।

इजरायली सेनाका प्रवक्ताले यो आक्रमण मंगलबार राती सिरियाको तर्फबाट गरिएको एन्टि एयरक्राफ्ट मिसाइल आक्रमणको जवाफमा गरिएको थियो । यो मिसाइल उत्तरी इजरायलमा वेस्ट ब्यांकको विवादित क्षेत्रको आकाशमा विष्फोट भयो । सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार इजरायली डिफेन्स फोर्सले राजधानी दमास्कसमा २ पटक गरेर १ दर्जन मिसाइल हानेको थियो ।

साताकाे चर्चित
सम्बन्धित