काठमाडौं। इण्डियन प्रिमियर लिगमा पहिलो पटक सहभागी हुन लागेको अहमदाबादको फ्रेन्चाइजीले पनि आफ्नो नाम घोषणा गरेको छ । यससँगै यस सिजन सहभागी हुने १० वटै टिमको नाम स्पष्ट भएको छ । आइपिएलमा ८ टिम पहिल्यै थिए । यस पटक थपिएका २ टिममध्ये लखनउको टिमले यसअघि नै लखनय सुपरजाइन्ट्स नाम घोषणा गरिसकेको थियो । अहमदाबादको टिमले आफ्नो नाम ‘गुजरात टाइटन्स’ घोषणा गरेको छ ।
आइपिएलको आगामी सिजनको लागि हुने मेगा अक्सनको तीन दिन पहिले टिमले आफ्नो नाम घोषणा गरेको हो । गुजरात टाइटन्सले यो सिजनका लागि हार्दिक पंड्यालाई आफ्नो कप्तान बनाएको छ ।
यसबाहेक अफगानी स्पिनर राशिद खान र ओपनिङ ब्याटर शुभमन गिललाई गुजरातले रिटेन गरेको छ । गुजरात टाइटन्सले हार्दिक पंड्यालाई १५ करोड, राशिद खानलाई १५ करोड र शुभमन गिललाई ८ करोडमा अनुबन्ध गरेको हो ।