रुसले हमला गर्ने भन्दै युक्रेनबाट धमाधम बाहिरिँदै बिदेशी राजदुतावासका कर्मचारी र नागरिक
रुसले हमला गर्ने भन्दै युक्रेनबाट धमाधम बाहिरिँदै बिदेशी राजदुतावासका कर्मचारी र नागरिक
    • बेल संचार

    • १ फाल्गुन २०७८, आईतवार

रुसले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै युक्रेनबाट अमेरीका, बेलायत, अष्ट्रेलिया, जर्मनी, ईजरायल लगायतका मुलुकका राजदुतावासका कर्मचारी र नागरिक फिर्र्ता हुन थालेका छन् । अमेरीकाले आफ्ना कर्मचारी र नागरिक फिर्ता गर्न थालेपछि अन्य देशले पनि दुतावासका कर्मचारी र नागरिक फिर्ता गरीरहेका छन् ।
आफूले आक्रमण गर्ने योजना नरहेको रुसले बताईरहे पनि अमेरीका र नेटोले रुसले कुनै पनि बखत आक्रमण गर्ने र युद्ध शुरु भएको ४८ घण्टा भित्रै रुसी सेना युक्रेनको राजधानी किभमा पुग्ने दाबी गर्दै आएका छन् ।

 

 

रुसको आक्रमण बिरुद्ध लड्न अमेरीकाले युक्रेनमा भारी मात्रामा हतियार, युद्धपोत र लडाकु विमान पठाएको छ । बेलायतले पनि हतियार पठाएको छ भने केही बिशेष सेना पठाएको छ ।
उता अमेरीकाले रुसलाई घेरा हाल्न पोल्याण्डमा थप हजारौँ सैनिक पठाएको छ भने जर्मनीमा पनि थप सेना पठाएको छ ।

युक्रेनमाथि हमला भएमा तत्काल युद्धमा पठाउन अमेरीकाले ८ हजार ५ सय सेना तयारी हालतमा राखेको छ ।

रुसले अमेरीकाले रुस बिरुद्ध प्रोपोगण्डा गरीरहेको भन्दै आक्रमणको योजना नरहेको बताउदै आएको छ । युक्रेन बोर्डरमा एक लाख बढी सेना तैनाथ गरेको रुसले बेलारुसमा पनि बिशाल सैन्य अभ्यास गरीरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित