भुल्न थाले कता कता…… कबिता
भुल्न थाले कता कता…… कबिता
    • Bell Sanchar

    • २ फाल्गुन २०७८, सोमबार

एकान्तको छहारीमा , भुल्न थाले कता कता।
उनको मिठो कल्पनामा, भुल्न थाले कता कता।

प्रभातको किरणसगै, दिलमा कोहि उदाउँदा।
प्रीतको सुन्दर बगैंचामा, फुल्न थाले कता कता।

परेलीमा छाइदिदा, यो तस्बिर सपनीको।
भौंतारीइ खोज्दै उनलाई, डुल्न थाले कता कता।

मधुर धुन संगीतको, बज्न थाल्दा नेपथ्मा।
उनकै याद सुस्केरामा, गुन्न थाले कता कता।

 

दुर्गा घिमिरे सुबेदी

साताकाे चर्चित
सम्बन्धित