सीमा नियन्त्रणका कारण १ लाख ५० हजार विदेशी विद्यार्थी जापान आउन पाएनन्
सीमा नियन्त्रणका कारण १ लाख ५० हजार विदेशी विद्यार्थी जापान आउन पाएनन्
    • बेल संचार

    • ४ फाल्गुन २०७८, बुधबार

जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सीमामा गरेको कठोर नियन्त्रणका कारण जापानी भिसा भएर पनि करीब १ लाख ५० हजार विदेशी विद्यार्थीहरु जापान आउन पाएका छैनन् । जापान सरकारको शीर्ष प्रवक्ताले मंगलबार यस्तो बताएका हुन् । नोभेम्बर २९ देखि फेब्रुअरी १० को बीचमा जापानमा करीब ६ हजार नवप्रवेशी विदेशीहरु छिरेको पनि मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मासुनोले नियमित पत्रकार सम्मेलनमा भनेका छन् ।

कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन भ्यारिएन्ट फैलिन नदिने उपायहरु तीव्र बनाउने क्रममा सरकारले नोभेम्बरको अन्त्यमा विद्यमान सीमा नियन्त्रणका उपायहरु लागू गरेको थियो । यो उपायहरु कम्तिमा पनि यो महीनाको अन्त्यसम्म कायम रहनेछ । पछिल्लो समय जापानले सीमामा नवप्रवेशी विदेशीलाई लक्षित गरेर गरेको प्रतिबन्धको व्यवसाय र प्राज्ञहरुको वृत्तमा जापानभित्र र बाहिर दुबैतर्फ आलोचना भइरहेको छ ।

यी उपायहरु खुकुलो बनाउने आइरहेको विविध अनुरोधहरुबारे सरकारलाई थाहा भएको मासुनोले बताएका छन् । सम्भव भएसम्म छिटै यी उपायहरु खुकुलो बनाउन योजना पेश गर्नेबारे विचार भइरहेको पनि उनले बताए । प्रमुख सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सरकारलाई विदेशी विद्यार्थीहरुलाई दैनिक आगन्तुकको संख्यामा लगाइएको सीमामा समावेश नगरी प्रवेशको अनुमति दिन अनुरोध गरेकै समयमा मासुनोको पछिल्लो अभिव्यक्ति आएको हो ।जापान सरकारले गैर आवासीय प्रवेशीहरुथि लगाइएको अहिलेको सात दिनको क्वारन्टिन अवधि घटाएर तीन वा पाँच दिनमा ल्याउने र सीमापारबाट आउने दैनिक आगन्तुकको संख्याको सीमा हालको ३ हजार ५०० बाट बढाएर ५००० मा ल्याउनेबारे विचार गरिरहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित