संसद अवरोध कायमै राख्ने ,कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार
संसद अवरोध कायमै राख्ने ,कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने नेकपा एमालेले जनाएको छ।

    • बेल संचार

    • ४ फाल्गुन २०७८, बुधबार

नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने नेकपा एमालेले जनाएको छ।

यस्तै बैठकको कार्यसूचीबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत एमालेले बहिष्कार गर्ने भएको छ।

एमाले सांसद एवं कार्यव्यवस्था समितिका सदस्य कृष्णभक्त पोखरेलले सभामुखविरूद्ध नै एमाले आन्दोलित भइरहेको बेला उनैले बोलाएको कार्यव्यवस्थाको बैठकमा आफ्नो पार्टी सहभागी नहुने सेतोपाटीलाई बताए।

‘हामी सभामुख विरूद्धनै आन्दोलित छौं, यस्तो अवस्थामा हामीले उहाँले नै बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने निर्णय गरेका छौ,’ उनले भने।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सांसद पदबाट हटाएको सूचना टाँस नगरेपछि एमाले रूष्ट छ।

भदौदेखि उसले निरन्तर संसद् बैठकमा अवरोध गरिरहेको छ।

साताकाे चर्चित
सम्बन्धित