कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

 नयाँ बानेश्वरस्थित संसद्् भवनमा जारी बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी हुनुहुन्छ ।

    • बेल संचार

    • ४ फाल्गुन २०७८, बुधबार

काठमाडौँ, 
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाका अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद्् भवनमा जारी बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी हुनुहुन्छ ।

यस्तै नेकपा ९माओवादी केन्द्र० का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया हुनुहुन्छ । प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० भने अनुउपस्थित रहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलभित्र सहमित जुटाउने प्रयास भइरहेको बुझिएको छ ।

साताकाे चर्चित
सम्बन्धित