पछिल्लो २४ घण्टामा थप ६३९ सङ्क्रमित थपिए   
   पछिल्लो २४ घण्टामा थप ६३९ सङ्क्रमित थपिए   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७५६ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।    

    • बेल संचार

    • ४ फाल्गुन २०७८, बुधबार

काठमाडौँ,
देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७५६ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ४९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६०० सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४४ हजार ३३७ पुगेको छ ।

थप तीनको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख १४ हजार १०३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २५१ रहेको छ । अहिले होम आइसोलेसनमा १७ हजार ५८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ६७१ आइसीयुमा १५६ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित