गत वर्ष इथियोपियाको अम्हारा क्षेत्रका दुई सहरमा सेनाहरूले दर्जनौं सर्वसाधारणको हत्या, महिला र नाबालिगको सामूहिक बलात्कार गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।
एम्नेस्टीका अधिकारीहरुका अनुसार हिंसाका पीडितहरुसँग लिइएको अन्तर्वार्ताका क्रममा उनीहरुले उक्त जानकारी दिएका हुन्।
पूर्वी अफ्रिकाका लागि एम्नेस्टीका उपक्षेत्रीय निर्देशक सारा ज्याक्सनले टिग्रेयन सेनालाई अन्तर्राष्ट्रिय मानवीय कानूनका आधारभूत नियमहरूको पूर्ण उपेक्षा गरेको आरोप लगाएकी छिन्।
जुलाई २०२१ देखि अम्हारा क्षेत्रमा उनीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा टिग्रेयन सेनाहरूले युद्ध अपराध र मानवताविरुद्धको सम्भावित अपराध गरेको प्रमाणहरू बढिरहेको छ,’ ज्याक्सनले भनिन्।
यौन हिंसाका झण्डै आधा पीडितले आफूलाई सामूहिक बलात्कार गरेको बताएका छन्। केही बाँचेकाहरूको यौनीमा बन्दुकका नालहरु घुसाइएको कारणले चोट लागेको डाक्टरहरूले एम्नेस्टीलाई बताएका छन्।सेनाले यस्ता अत्याचारहरू तुरुन्त अन्त्य गर्नुपर्छ र त्यस्ता अपराधहरूमा संलग्नलाई कारबाही गर्नुपर्छ,’ ज्याक्सनले भनिन्।