ज्येष्ठ नागरिकलाई सहायता   
ज्येष्ठ नागरिकलाई सहायता   

 पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    • बेल संचार

    • ५ फाल्गुन २०७८, बिहीबार

बागलुङ, 
ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ ।

पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई सम्मान र सहायता सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रशासन सहायक जीत सुनारले बताउनुभयो ।

“यो गाउँपालिकाको नियमित कार्यक्रम नै हो, गत वर्ष कोभिडका कारण सामग्री वितरण गर्न सकिएको थिएन, अहिले वडा तहमै गएर प्रदान ग¥र्यौं”, उहाँले भन्नुभयो । गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले ज्येष्ठ नागरिकको सम्मानस्वरुप उपयोगी सामग्री प्रदान गरिएको बताउनुभयो ।

बजेटले भ्याएमा ८५ वर्षभन्दा कम उमेरका भए पनि द्वन्द्व प्रभावित र अतिविपन्न परिवारका ज्येष्ठ नागरिकलाई पनि फाइबर सिरक र टर्च लाइट प्रदान गरिने उहाँको भनाइ छ । उपाध्यक्ष पुनले ज्येष्ठ नागरिक सम्मानलाई बर्सेनि निरन्तरता दिइने उल्लेख गर्नुभयो । “उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा गाउँपालिका सहयोगी बनेको हो, ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम ल्याउन हाम्रो सधँै पहल रहन्छ”, उहाँले भन्नुभयो । यहाँका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिलाई लक्ष्य गरी यस किसिमका सहायता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित