प्रचण्डले एमसिसी पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र ,चितवन पुगेर कांग्रेस प्रवक्ताले भने-
प्रचण्डले एमसिसी पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र ,चितवन पुगेर कांग्रेस प्रवक्ताले भने-

उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए।

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन्।

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले भने, ‘कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो। गठबन्धन टुट्नु पर्छ भनेको छैन।’

उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए। ‘गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो।’

एमसिसीमा कुनै देशद्रोह नभएको उनले जिकिर गरे। प्रवक्ता हतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ?’

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार भएको जिकिर गरे। दलहरुका  एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने,‘संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसिसी पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र?’

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे। उनले भने,‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्काे कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?’

 

साताकाे चर्चित
सम्बन्धित