एमसिसीविरूद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त
एमसिसीविरूद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

एमसिसीविरूद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन्।

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

एमसिसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ।

उनीहरूले सडकमा टायर बालेर एमसिसीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन्। नो एमसिसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्।

एमसिसीविरूद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनिर रोकेको छ। बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ।

साताकाे चर्चित
सम्बन्धित