युक्रेनी सेनाको हमलाको त्रासमा हजारौँ रुसी मुलका नागरिकहरु युक्रेनबाट रुसतर्फ सारिदै
युक्रेनी सेनाको हमलाको त्रासमा हजारौँ रुसी मुलका नागरिकहरु युक्रेनबाट रुसतर्फ सारिदै
    • बेल संचार

    • ७ फाल्गुन २०७८, शनिबार

युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युक्रेनी सेनाले नागरिकमाथि हमला गर्न सक्ने त्रास बढेको भन्दै त्याहाँका हजारौ नागरिकलाई उद्धार गरी रुसतर्फ पठाउन शुरु गरिएको छ । रुसी मुलका विद्रोहीहरुले युक्रेनी सेनाले आक्रमणको योजना बनाएको भन्दै जनतालाई सुरक्षित गर्न रुस तर्फ सार्न थालिएको बताएका छन् ।

यसका लागि रुसका नेताहरुसँग समन्वय गरिएको बिद्रोहीको दाबी छ । डोनबास क्रिमिया जस्तै रुसी मुलका नागरिकहरुको बाहुल्यता रहेको क्षेत्र हो । जहाँ युक्रेनको सेनाले दमन गर्दै आएको छ । ती विद्रोहीले डोनबासलाई युक्रेनबाट अलग्गै राष्ट्र बनाएको स्वघोषणा गर्दै आएको छ ।

डोनेक्स र लुहान्कस मिलेर डोनबास क्षेत्र बनेको छ । जहाँको अधिकाशं भुभाग रुस समर्थित विद्रोहीको नियन्त्रणमा छ । रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै चेतावनी दिईराखिएका बेला रुसी सेना फिर्ता भएर युद्ध नभएपछि अहिले युद्ध बिराम उलंघन गर्दै बिद्रोही र सरकारी सेनाबीच गोली हानाहान भएको छ ।

बालबालिका, महिला र बृद्धहरुलाई रुस तर्फ सारेर आफूहरुले युक्रेनी सेना बिरुद्ध प्रतिरोध युद्ध चलाउने विद्रोही नेताहरुको दाबी छ ।

साताकाे चर्चित
सम्बन्धित