टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक, पूर्वकप्तान पारससँग रेकर्ड बराबर
टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक, पूर्वकप्तान पारससँग रेकर्ड बराबर

भुर्तेलले ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।

    • बेल संचार

    • ७ फाल्गुन २०७८, शनिबार

काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् ।

ओमानमा भइरहेको आईसीसी टी-२० ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध शनिबार भएको खेलमा कुशलले  टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरे ।

भुर्तेलले ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।

यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० रनभन्दा बढी स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक बनाइसकेका थिए ।

सन् २०२१ मा नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजबाट डेब्यु गरेका कुशलले ८ खेल खेल्दा नै यो उपलब्धि हासिल गरेका हुन् ।

कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।

पूर्व कप्तान पारसले पनि एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।

फिलिपिन्ससँगको खेलमा दीपेन्द्रले पनि अर्धशतक पूरा गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित