संसदमा पेस गर्ने सहमति,एमसीसी अनुमोदनका लागि
संसदमा पेस गर्ने सहमति,एमसीसी अनुमोदनका लागि

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

    • बेल संचार

    • ८ फाल्गुन २०७८, आईतवार

 

काठमाडौं

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

साताकाे चर्चित
सम्बन्धित