कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ
कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भएर हाल कैलालीको गोदावरी नगरपालिका- २ अत्तरिया बस्ने ५७ वषर्ीय बृख कामी रहेका छन् ।

    • बेल संचार

    • ८ फाल्गुन २०७८, आईतवार

धनगढी

कञ्चनपुरमा भालुुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भएर हाल कैलालीको गोदावरी नगरपालिका- २ अत्तरिया बस्ने ५७ वषर्ीय बृख कामी रहेका छन् ।

उनको साथबाट भालुको ९२ ग्राम पित्त र २४ ग्राम यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।यस्तै कामीको अत्तरियास्थित डेरा कोठाबाट समेत थप ५०० ग्राम यार्सागुम्बा पनि बरामद गरेर उनीमाथि अनुसन्धान भइरहेको बलमे बताए ।

साताकाे चर्चित
सम्बन्धित