एमसिसीविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ
एमसिसीविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए।

    • बेल संचार

    • १० फाल्गुन २०७८, मंगलवार

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको  रिट प्रशासनले दरपीठ गरेको छ।

नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए।

उनले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्।

सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका थिए।

उनले एमसिसी सम्झौता अन्तर्राष्ट्रिय कानुन खासगरी भियना कन्भेन्सन १९६९ अनुसार सन्धिको श्रेणीमा नै नपर्ने हुनाले संसदबाट अनुमोदन गर्न नपर्ने जिकिर गरेका थिए।

उनका अनुसार रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकताविपरीत भएकोले त्यसलाई पारित गर्न सकिँदैन भन्ने जिकिर गरिएको थियो।

साताकाे चर्चित
सम्बन्धित