चोरीको मोटरसाइकलसहित दुई पक्राउ
चोरीको मोटरसाइकलसहित दुई पक्राउ

ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ ।

    • बेल संचार

    • १० फाल्गुन २०७८, मंगलवार

काठमाडौँ,
ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सन्तोष श्रेष्ठको नाममा रहेको उक्त पल्सर मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको महाशाखा प्रमुख जोशीले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित