विश्व इतिहासमा आजः रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन
विश्व इतिहासमा आजः रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन
    • बेल संचार

    • ११ फाल्गुन २०७८, बुधबार

आज २३ फेब्रुवरी सन् २०२२ । आज विश्व इतिहासमा केही सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम
प्लुटोनियमको पहिचान सन् १९४१ मा ग्लेन टी सिवर्ग र उनको समूहले प्लुटोनियोम पहिचान गरेको थियो । रेडियोधर्मी यस तत्वले परमाणु इन्धन वा आणविक हतियारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

रुसमा फेब्रुवरी क्रान्ति
सन् १९१७ मा रुसमा फेब्रुवरी क्रान्ति सुरु भएको थियो । देशव्यापाी प्रदर्शन र सशस्त्र झडपहरूले अन्ततः रुसी साम्राज्यको अन्त्य भएको थियो ।

ad

 

गुटेनवर्गको बाइबल
सन् १९४५ मा गुटेनवर्गको बाइबल प्रकाशित भएको थियो । गुटेनबर्गको बाइबल संस्करण मुभेबल टाइपमा छापिएको पहिलो पुस्तक थियो ।  योसँगै पश्चिमा देशमा छपाइ पुस्तकको युग सुरु भएको थियो ।

पोलियोविरुद्ध खोप
सन्  १९५४ मा पोलियोविरुद्ध पहिलो पटक आमरुपमा खोप लगाइएको थियो । भाइरोलोजिस्ट जोनास साल्कले विकसित गरेको सो खोप हिलारी कोप्रोस्कीको पोलियो खोपसँगै अहिले पनि प्रयोग हुने दुई भर्सनमध्ये मध्ये एक हो ।

आइएसओको सुरुवात  
सन् १९४७ मा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) ले काम सुरु गरेको थियो । आइएसओले साइकलको टायर देखि मिति ढाँचा सम्म सबै मापदण्डहरू जारी गर्दछ ।

साताकाे चर्चित
सम्बन्धित