एमसिसीबारे भट्टराई भन्छन् –गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो या नयाँ समीकरण बन्नुपर्‍यो
एमसिसीबारे भट्टराई भन्छन् –गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो या नयाँ समीकरण बन्नुपर्‍यो

यस्तै नयाँ समीकरणलाई भट्टराई दोस्रो विकल्प अघि सारेका छन्।

    • बेल संचार

    • ११ फाल्गुन २०७८, बुधबार

अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन्।

सामाजिक सञ्जालमार्फत उनले पहिलो विकल्पका रूपमा गठबन्धनमा रहेका सबै दलले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन्। यस्तै नयाँ समीकरणलाई भट्टराई दोस्रो विकल्प अघि सारेका छन्।

‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो। सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न’, उनले अगाडि भनेका छन्, ‘यो विन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो! अर्को बाटो छैन!’

 

साताकाे चर्चित
सम्बन्धित