प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागिरहेका छन्- योगेश भट्टराई
प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागिरहेका छन्- योगेश भट्टराई

उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएकोसमेत बताए।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

'

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताएका छन्।

बिहिबार संसद बैठक अचानक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्रीले आफूहरूसँग ब्लाङ्क चेक मागिरहेको बताएका हुन्।

उनले एमालेका मागहरू यथावत रहेको भन्द माग पूरा नभए हामी सहयोग गर्न नसक्ने स्पष्ट पारे। हाम्रा माग पुरा नभएसम्म यसै भन्न नसकिने उनले बताए।

उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएकोसमेत बताए।‘गुटमा संकट आए पार्टीमा थोपर्ने, पार्टीमा संकट आए गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम गरिएको छ’, उनले भने, ‘वास्तवमा यो गठबन्धनको सर्वथा असफलता हो। यसले मुलुकलाई अन्तर्राष्ट्रिय बेइज्जत गराएको छ।’

साताकाे चर्चित
सम्बन्धित